रवि लामिछानेसहित ३९ जनाविरुद्ध जिल्ला अदालत काठमाण्डाैमा मुद्दा दर्ता
काठमाण्डौ । काठमाण्डाैकाे कालीमाटीमा रहेकाे स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता भएको छ ।
प्रहरीको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डाैले मुद्दा दर्ता गरेको हो । गोर्खा मिडियाका तत्कालीन सञ्चालक समिति सदस्य लामिछानेसहित तत्कालीन उपाध्यक्ष छविलाल जोशी, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, उपाध्यक्ष देवेन्द्रबाबु राई लगायत ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको हो ।
यो सहकारीको एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता भएकाे आरोप लागेको छ । रवि लामिछानेविरुद्ध सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोपमा जिल्ला अदालत कास्कीमा थुनछेक बहस चलिरहेको छ । रवि गएको कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् ।