एमाले केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री ओलीद्वारा ४७ पृष्ठको राजनीतिक प्रतिवेदनमा पेस (पूर्णपाठ)
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले केन्द्रीय समिति बैठकमा ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ। एमाले पार्टी कार्यालय च्यासलमा आइतबारदेखि सुरु भएको एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकमा प्रधानमन्त्री एवम् ओलीले ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गर्नुभएको हो।
प्रधानमन्त्री ओलीले ३२ सीटको जादु भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थालेको दाउपेचको खेती निस्तेज पार्न कांग्रेसको नयाँ राजनीतिक कोर्षमा जानुपरेको प्रष्ट पार्नुभएको छ।
केन्द्रीय कमिटी बैठकमा छलफलका लागि प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा एमाले अध्यक्ष समेत रहेका अध्यक्ष प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डले एमालेसँगको सहकार्यबाट प्रधानमत्री भएपछि फेरि धोका दिएको स्मरण गराउनु भएको भयो।
प्रधानमन्त्री ओलीले सत्ताबाट बाहिरिएसँगै नेकपा माओवादी केन्द्र लगायतका दलले नेपाली कांग्रेस र एमालेबीचको सहकार्यविरुद्ध मिथ्या संकथन निर्माणको प्रयास गरिहेको आरोप लगाउनु भयो।
8th-CC-Report-Political-readable-text