विश्वविद्यालयभित्रका अराजनीतिक गतिविधि अन्त्य हुनुपर्छ : शिक्षामन्त्री भट्टराई
काठमाण्डौ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयभित्रको दलीय प्रभावलाई अन्त्य गर्न जरुरी रहेको बताउनुभएको छ ।
आज सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्यविज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफलमा बोल्नुहुँदै मन्त्री भट्टराईले यस्तो बताउनुभएको हो ।
उहाँले विश्वविद्यालयभित्रको दलीय प्रभाव र दबाबलाई अन्त्य गर्नेगरी विधेयक ल्याउनुपर्ने बताउनुभयो । उहाँले अब विश्वविद्यालय कस्तो हुने र भन्ने किसिमको निर्धारण हुनेगरी विधेयक बनाउनुपर्ने जरुरी रहेको औंल्याउनुभयो ।
विश्वविद्यालयको ऐन किन स्वायत्त छ भन्दा उसको परिभाषालाई अरु ऐनमा पनि धेरै कुराहरु परिभाषित गर्नसक्छौँ ,अब विश्वविद्यालय कस्तो हुने र त्यहाँ हुने जस्ता खालका गतिविधिहरु छन्, खासगरी त्यो राजनीतिक नभएर,अराजनीतिक गतिविधिहरु भएकाले,अराजनीतिक गतिविधिलाई अन्त्य गर्ने हो भने विश्वविद्यालयको स्टाटस के हुनुपर्ने भन्ने कुरा यो ऐनमा व्याख्या गनुपर्ने रत्यसका लागि समितिलाई उहाँले अनुरोध गर्नुभयो ।
शिक्षामन्त्री भट्टराईले विश्वविद्यालयभित्रका अराजनीतिक गतिविधिको अन्त्य गर्नुपर्ने गरी ऐन ल्याउनुपर्ने बताउनुभयो । अहिलेको ड्राफ्टमा नआएको भए पनि समितिले छलफल गरेर अघि बढाउनसक्ने उहाँको भनाइ छ ।
मन्त्री भट्टराईले विश्वविद्यालयभित्रका अराजनीतिक गतिविधिको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो ।