दक्षिण कोरियाका निलम्बित राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । यससँगै योल पक्राउ पुर्जी जारी हुने दक्षिण कोरियाका पहिलो राष्ट्रपति बनेका छन् ।

दक्षिण कोरियाको एक अदालतले योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । यसअघि मुलुकमा सैनिक शासन लागू गर्ने निर्णय गरेपछि योल विवादमा परेका थिए । यद्यपि, चौतर्फी विरोधका कारण उनले आफ्नो निर्णय ६ घण्टामै फिर्ता लिएका थिए ।

सोही प्रकरणमा दक्षिण कोरियाको संसदले उनीविरुद्ध महाभियोगको प्रस्ताव पारित गरेको थियो । महाभियोगको प्रस्ताव पारित भएसँगै उनी पदबाट निलम्बित भएका थिए ।