सोलुखुम्बुका विभिन्न ठाउँमा आगो ताप्ने व्यवस्था

सोलुखुम्बु । सोलुखुम्बुमा चिसो बढ्दै गएपछि प्रहरीले सल्लेरी बजार क्षेत्रमा विभिन्न ठाउँमा नागरिकलाई आगो ताप्ने व्यवस्था मिलाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार आज बिहानदेखि सल्लेरीका विभिन्न ठाउँमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाइएको हो ।

प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार चिसोको जोखिमबाट बालबालिका, वृद्धवृद्धा तथा कमजोर वर्गका नागरिकलाई जोगाउन र समुदायस्तरमा सचेतना अभिवृद्धि गर्न यो प्रयास गरिएको हो ।

डिभिजन वन कार्यालयसँगको समन्वयमा सल्लेरी, फाप्लु, आडाँडा, नयाँ बजारलगायतका प्रमुख क्षेत्रमा दाउरासहित व्यवस्थित रूपमा आगो ताप्ने ठाउँ निर्माण गरिएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताउनुभयो । उहाँका अनुसार आगो ताप्ने ठाउँ सुरक्षित र सहज हुने गरी व्यवस्थापन गरिएको छ ।