लुक्लाबाट काठमाण्डौ उडेको हेलिकप्टर साँगामा आकस्मिक अवतरण

काठमाण्डौ । लुक्लाबाट काठमाण्डौ उडेको हेलिकप्टरमा चरा ठोक्किँदा भक्तपुरको साँगामा आकस्मिक अवतरण गरेको छ। आज बिहान सवा १० बजे हेलि एभेरेष्टको ९ एन–एकेजी हेलिकप्टर लुक्लाबाट काठमाण्डौ आउँदै गर्दा चरा ठोक्किएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो ।

उहाँका अनुसार ११ बजेर २ मिनेटमा नलिन्चोक भन्दा एक माइल पूर्वमा चरा सिसामा ठोक्किएको हो। चरा ठोक्किएपछि पाइलटले हेलिकप्टर साँगामा आकस्मिक अवतरण गराएको उहाँले बताउनु भयो। हेलिकप्टरमा विदेशी पाइलट र ५ जना यात्रु थिए , बाहिरी भागमा केही क्षति पुगेको हुनाले प्राविधिक टोलीले साँगा पुगेर जाँच गर्ने भुलले बताउनु भयो। प्राविधिक टोलीले त्यहाँ पुगेर जाँच गर्ने र यात्रुहरू गाडीबाट फर्काइएका उहाँले बातउनुभयो।