भारतका पूर्वप्रधानमन्त्री सिंहको निधनमा पूर्वराष्ट्रपति भण्डारीद्वारा शोक व्यक्त
काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनमा शोक व्यक्त गर्नुभएको छ ।
मित्रराष्ट्र भारतका पूर्व प्रधानमन्त्री डा.सिंहको निधनको खबरले अत्यन्त दुःखी भएको पूर्व राष्ट्रपति भण्डारीले बातउनुभयो ।‘मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री डा सिंहको निधनको खबरले म अत्यन्त दुःखी भएको छु,’
उहाँले नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवाद सम्झिरहेको समेत उल्लेख गर्नुभएको छ ।
भारतको अर्थतन्त्र सुधारका शिल्पकारसमेत मानिनुहुने प्रख्यात अर्थशास्त्री, शालीन व्यक्तित्वका धनी डा. सिंहको निधनबाट नेपालले एक सच्चा मित्र गुमाएको छ ।
स्वर्गीय सिंहप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना प्रकट गर्नु भएको छ । सिंहको ९२ वर्षको उमेरमा गए राति निधन भएको हो ।