त्रिविमा स्ववियु चुनावको तयारी

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको तयारी थालेको छ । आउँदो फागुन १५ गते हुने स्ववियु चुनावका लागि त्रिविले तयारीलाई तीव्र पारेको छ ।

विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले स्ववियु चुनाव गराउने प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो । उहाँले विद्यार्थी कल्याण परिषद्को बैठक राखेर स्ववियु चुनावलाई तोकिएकै मितिमा सम्पन्न गर्नेबारे छलफल भएको बताउनुभयो ।

त्रिविले शैक्षिक क्यालेण्डरमा नै स्ववियु चुनावको मिति तोकेको छ । निर्देशक अधिकारीले चाँडै नै विद्यार्थी सङ्गठनसँग छलफल गरी चुनावको कामलाई अगाडि बढाउने बताउनुभयो ।

हरेक २र२ वर्षमा हुने स्ववियु चुनाव २०६५ सालदेखि नियमित हुन सकेको छैन । वि.सं.२०६५ चैत ६ गते भएको स्ववियु चुनाव एकैपटक ८ वर्षमा वि.सं.२०७३ चैत १५ गते भएको थियो । त्यसपछि २०७९ चैत ५ गते स्ववियु चुनाव भएकोमा ९ वटा आङ्गिक क्याम्पसमा चुनाव हुन सकेको थिएन ।