काजाकस्तानमा विमान दुर्घटना : कम्तीमा २९ जनाको जीवितै उद्धार
अजरबैजान एअरलाइन्सको यात्रुवाहक विमान काजाकस्तानमा दुर्घटना हुँदा कम्तीमा २९ जना बाँचेका छन् । विमानबाट उद्धार गरेका २९ जनालाई अस्पतालमा भर्ना गरेको बीबीसीले जनाएको छ ।
६७ जना मानिस बोकेको जहाज काजाकस्तानको अक्ताउ क्षेत्र नजिकै दुर्घटनामा परेको हो । विमानबाट चार जनाको शव निकालेको र कम्तीमा ३० जनाको ज्यान गएको हुन सक्ने स्थानीय अधिकारीहरूलाई उद्धृत अन्तर्राष्ट्रिय समाचार संस्था एफीले जनाएको छ ।
काजाकस्तानको आपत्कालीन मन्त्रालयका अनुसार विमानमा ६३ जना यात्रु र ५ जना चालक दलका सदस्य रहेका थिए । अजरबैजानको राजधानी बाकुबाट चेचन्यातर्फ उडेको अजरबैजान एअरलाइन्सको विमान बाक्लो कुहिरोका कारण काजाकस्तानतर्फ मोडिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अजरबैजान एअरलाइन्सको विमान दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।
एजेन्सी