‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना

काठमाण्डौ । सभामुख देवराज घिमिरेले इसाई धर्मावलम्बीको महान् चाड क्रिसमसको अवसरमा पर्वहरूले सबै धर्मावलम्बीलाई एकतामा बाँध्ने सेतुको काम गरेको बताउनुभएको छ ।

सभामुख घिमिरले आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना गर्दै उक्त शुभकामना व्यक्त गर्नुभएको छ ।

क्रिसमस केवल एउटा धार्मिक पर्व मात्र नभएर, सम्पूर्ण मानव समाजका लागि सहिष्णुता र परोपकारको सन्देश बोकेको पर्व भएको  यस पर्वले  प्रेम र भाइचारा प्रवर्धन गर्न सिकाउँछ सन्देशमा उल्लेख गरीको छ । पर्वले सबै धर्मावलम्बीलाई एकतामा बाँध्ने सेतुको काम गरेको, क्रिसमस पनि यसैको एक अनुपम उदाहरण भएको जहाँ सबैले एक आपसमा खुशी साटासाट गर्ने गर्छ उहाँले बातउनुभयो ।

सभामुख घिमिरले नेपालको संविधानले धर्म निरपेक्षता र धार्मिक स्वतन्त्रताको व्यवस्था गरी हरेक धर्म, संस्कार र संस्कृतिको सम्मान सुनिश्चित गरेको र देशको सामाजिक सद्भावलाई अझ सुदृढ बनाएको बताउनुभएको छ ।

शुभकामना सन्देशमा शान्ति, प्रेम र सह-अस्तित्वको पर्व क्रिसमसले शान्ति, सद्भाव र एकता विकास गर्न सकोस् भन्ने कामना गर्नुेभयो । नेपाल विविध जातजाति, धर्म, र संस्कृतिको सङ्गमभूमि हो, संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कार र परम्परा पालन गर्ने स्वतन्त्रता दिएको छ ।

रासस