टर्किएले २०२५ को लागि न्यूनतम ज्याला ३० प्रतिशतले बढायो
काठमाण्डौ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले २०२५ को लागि न्यूनतम ज्यालामा ३० प्रतिशत वृद्धि गरी २२ हजार १०४ लिरा ९लगभग ६३० अमेरिकी डलर० पुर्याएको घोषणा गरेका छन् । न्यूनतम पारिश्रमिक निर्धारण आयोगको अंकारामा भएको चौथो बैठकपछि यो घोषणा गरिएको हो ।
श्रम तथा सामाजिक सुरक्षामन्त्री वेदात इसिखानले यो वृद्धिले श्रमिकको हित हुने र देशको आर्थिक स्थायित्वलाई मजबुत बनाउने विश्वास व्यक्त गरे । यद्यपि टर्किस कन्फेडेरेसन अफ ट्रेड युनियन ९टर्क–आईएस० ले तलब प्रस्तावको बारेमा पूर्व सूचनाको अभावको कारण बैठकमा उपस्थित नहुने निर्णय गरेको छ ।
टर्क–आईएसका अध्यक्ष एर्गुन अतालेले यसअघि ४५ प्रतिशत वृद्धि र २० प्रतिशत सामाजिक हिस्सासहित २९ हजार ५८३ लिरा ९लगभग ८४५ डलर० को खुद ज्यालाको मागलाई रूपरेखा दिएका थिए । युनियनले यो सङ्ख्याभन्दा कम कुनैपनि निर्णयलाई अनुमोदन नगर्ने दोहोर्याएका थिए ।
२०२४ को लागि न्यूनतम ज्याला १७ हजार २ लिरामा सेट गरिएको थियो । यसैबिच टर्कीको वार्षिक मुद्रास्फीति दर नोभेम्बरमा ४७.०९ प्रतिशतमा झरेको छ । जुन २०२३ को जुन यताकै न्यून स्तर हो ।
एजेन्सी