बाजुरामा ५ दशमलव २ म्याग्निच्यूडको भूकम्प
काठमाण्डौ । बाजुरा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । जगन्नाथ गाउँपालिका–५ गोत्री क्षेत्र आसपास केन्द्रबिन्दु भएर बिहान चार बजेर १४ मिनेटमा ५ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का बाजुरासहित सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महसुस गरिएको छ । भूकम्पबाट क्षति वा हताहत भएकोबारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त हुन नसकेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्री क्षेत्रमा आज बिहानै गएको भूकम्पले केही घरमा भने क्षति पुगेको आशङ्का गरिएको वडाध्यक्ष गौरी सार्कीले बताउनुभयो । भौतिक क्षति के कति भयो भन्नेबारे जानकारी सङ्कलनको काम भइरहेको उहाँको भनाइ छ ।