यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाण्डौ – देशका धेरै ठाउँमा मौसम मुख्यतया सफा रहेको छ । तराई, खोँच तथा उपत्यकाका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक, दुई ठाउँमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहानको समयमा तराई तथा उपत्यकाका केही ठाउँहरुमा हुस्सु लाग्नुका साथै मधेश प्रदेश र कोशी प्रदेशका तराईका थोरै ठाउँहरुमा कुहिरोको समेत लागेकाले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज काठमाण्डौमा हिजोको तुलनामा न्यूनतम तापक्रम थोरैले बढेको छ । जुम्ला, जोमसोम, जिरी, लुक्ला लगायतका हिमाली भेगको न्यूनतम तापक्रम भने माइनसमा पुगेको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान\