एसीसी १९ महिला एशिया कप : नेपाल र श्रीलङ्काबीचको खेल नतिजाविहीन
काठमाण्डौ । एसीसी १९ वर्षमुनिको महिला एशिया कपको सुपर-फोरु मा नेपाल र श्रीलङ्काबीचको खेल नतिजाविहीन भएको छ । वर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेल नतिजाविहीन भएको हो ।
मलेसियाको क्वालालम्पुरमा श्रीलङ्काले १ ओभरमा १ विकेट गुमाएर १ रन बनाएको अवस्थामा खेलमा वर्षा बाधक बनेको हो । नेपालकी कप्तान पूजा महतोले १ विकेट लिइन् । टस जितेर नेपालले बलिङ रोजेको थियो । यो बराबरीसँगै नेपालले श्रीलङ्काले १र१ अङ्क बाँडेका छन् ।
यस्तै सुपर–फोरु अन्तर्गत आज भएको पहिलो खेलमा भारतले बङ्गलादेशलाई ८ विकेटले हराएको छ । बङ्गलादेशले दिएको ८१ रनको लक्ष्य भारतले ४७ बलअघि नै २ विकेट गुमाएर भेटायो ।
नेपालले सुपर–फोरु को दोस्रो खेलमा भोलि बङ्गलादेशसँग खेल्नेछ । प्रतियोगिताको समूह ए बाट भारत र नेपाल तथा समूह बी बाट बङ्गलादेश र श्रीलङ्का सुपर-फोरु मा पुगेका हुन् । सुपर-फोरु मा शीर्ष दुईमा रहने टोली फाइनलमा पुग्नेछन् । महिला एशिया कपको फाइनल खेल आउँदो आइतवार हुनेछ ।