एसीसी १९ वर्षमुनिको महिला एशिया कप : नेपाल र श्रीलङ्का खेल्दै
काठमाण्डौ । एसीसी १९ वर्षमुनिको महिला एशिया कपमा आज नेपाल र श्रीलङ्का खेल्दैछन् ।
खेल नेपाली समयअनुसार बिहान पौने १२ बजे मलेसियाको बायुमास ओभलमा हुनेछ । गत मङ्गलवार नेपाल र भारतबीचको खेल वर्षाले रद्द भएपछि नेपाल समूह चरणमा अपराजित भएर सुपर फोरमा पुगेको छ ।
यस नतिजासँगै समूह ‘ए’ बाट भारत र नेपाल सुपर फोरमा पुगेका छन । यसअघि यी दुवै टिमले पाकिस्तानलाई हराएर एक खेलअघि नै सुपर फोरमा पुगेका थिए । पाकिस्तान प्रतियोगिताबाट बाहिरिसकेको छ ।
नेपालले अब अर्को चरणमा समूह ‘बी’ बाट अगाडि बढेका बङ्गलादेश र श्रीलङ्कासँग खेल्न लागेको हो । नेपालले भोलि बङ्गलादेशसँग खेल्नेछ ।