संविधान संशोधन सबैदलको सहमतिमा हुन्छ : गृहमन्त्री लेखक

चितवन । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन सबै दलहरूको सहमतिमा हुने बताउनुभएको छ।

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले संविधान संशोधन सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशीतालाई बलियो बनाउनका लागि गर्न लागिएको बताउनुभयो। संविधान संशोधनको विषयमा प्रारम्भिक छलफल सुरू भएको र संशोधन दुईवटा दलले मात्रै गर्ने नभएको उहाँले बातउनुभयो ।

संविधानको अभ्यासको विषयमा समीक्षा, संविधानको अभ्यास गर्ने क्रममा देखिएका सबल पक्ष र दुर्वल पक्षलाई हेरेर सबै राजनीतिक पक्षसँग वार्ता छलफल गरेर सबैको सहमतिका साथ संविधान संशोधन गर्ने उहाँले बताउनुभयो। संविधान संशोधनका लागि पहल गर्नु पर्ने , प्रारम्भिक छलफल भएको र सबै दललाई समेटेर संविधान संशोधन गर्ने उहाँले बातउनभयो ।

सरकारको स्थायित्वनै कमजोर भएको अवस्थामा स्थिर सरकार गठन, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक गतिविधिलाई अघि बढाउने, मुलुकको अर्थतन्त्र लयमा ल्याउन, विकास निर्माणलाई गति दिन नेपाली कांग्रेस र नेकपा ९एमाले० मिलेर सरकार बनेको मन्त्री लेखकले बताउनुभयो।

सरकार परिवर्तन हुने कुनै सम्भावना नभएको कांग्रेस र एमालेबीचमा सहमति भएको २०८४ सालसम्म सहमतिअनुसार अघि बढ्को दलबीचमा कुनै समस्या नरहेको , सरकार परिवर्तन हुने भन्ने हल्ला हल्ला मात्रै भएको उहाँले स्पष्ट पार्नुभयो।

राष्ट्रिय आवश्यकता र महत्त्वका मुद्दा सम्बोधन गर्न संसद्का ठूला दल मिलेको उहाँले बताउनुभयो। फरक प्रसङ्गमा बोल्दै उहाँले अहिलेको सरकार सबै जनताको मानव अधिकार रक्षाका लागि सचेत रहेको बताउनुभयो। प्रत्येक नागरिकको मानव अधिकारको रक्षाप्रति सरकार सचेत भएको चाहे थुनामा रहेको होस्, चाहे हिरासतमा रहेको भएपनि सबै नागरिकप्रति मानव अधिकारका विषयमा सचेत भएको मन्त्री लेखकले बातउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रति सरकारको कुनै प्रतिशोध नरहेको बताउँदै उहाँले संसदीय छानबिन समितिले गरेको निर्णय कार्यान्वयनका सरकारले गरेको बताउनुभयो । कानुनी रूपमा अनुसन्धान सुरू गरिएको बताउँदै उहाँले कानुन अनुसार भइरहेको अनुसन्धानमा प्रश्न उठाउनु अनुसन्धानलाई प्रभावित गर्नु हो, त्यस्तो हुनु हुँदैन भन्नुभयो।