एमाले हेटौंडा उपमहानगरको अध्यक्षमा ४ जनाको उम्मेदवारी
हेटौंडा । नेकपा (एमाले) हेटौंडा उपमहानगरपालिका कमिटीको नेतृत्वका लागि ४ जनाको उम्मेदवारी परेको छ।
हिजो सुरु भएको दोस्रो अधिवेशनमा सहमति हुन नसकेपछि अध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका हुन्। अध्यक्षका लागि इन्द्र नेपाल, जनरल श्रेष्ठ ‘जेन’, बोलबहादुर कार्की र नवराज खतिवडाले उम्मेदवारी दिएका छन्। उपाध्यक्षका लागि इन्द्रप्रसाद खतिवडा, धनवहादुर मुक्तान र राजकुमार बास्तोलाको उम्मेदवारी परेको छ।
यसैगरी, सचिवमा प्रकाश बाँनिया, सविन मुक्तान र शान्ता गौतम ‘प्रदीप’को उम्मेदवारी परेको छ। उपसचिव खुलातर्फ अर्जुनप्रसाद अर्याल, कवि रेग्मी, भीम तिमल्सिना, सुरेश मिजार ‘बेरोजगार’, शान्तेकुमार लामा तामाङ र शिवबहादुर थापाको उम्मेदवारी परेको छ भने उपसचिव महिलामा चन्द्रावती पनेरु अधिकारी, जुना दंगाल र रञ्जिता सिलवालको उम्मेदवारी छ।
उम्मेदवारी फिर्ताको समय आज दिउँसो ३ बजेसम्म राखिएको छ । केही सदस्य पदहरुमा भने सर्वसम्मत भइसकेका बताइएको छ।