इजरायलले गाजामा गरेको आक्रमणमा मेयरसहित २२ जनाको मुत्यु

इजरायलले गाजामा गरेको आक्रमणमा दीर अल बलाह शहरका मेयरसहित २२ जनाको मुत्यु भएको छ ।

हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको इजरायली डिफेन्स फोर्स ९आईडीएफ० र हमास दुवैले पुष्टि गरेका बीबीसीले जनाएको छ । दीर अल बलाह शहरमा मात्रै १३ जनाको ज्यान गएको छ ।

यस्तै एउटा विद्यालयमा भएको आक्रमणमा एक शिशु र शिशुकी आमासहित सात जनाको ज्यान गएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गएको वर्ष अक्टोबरमा हमासले इजरायलमा आक्रमण गर्दा १ हजार २ जनाको मुत्यु भएको थियो । त्यसपछि इजरायलले गाजामा शुरू गरेको आक्रमणमा ४४ हजारभन्दा धेरैको मुत्तु भइसकेको छ ।
एजेन्सी