देशभरको मौसम सफा, काठमाण्डौमा हिजोको तुलनामा चिसो केही कम
काठमाण्डौ । आज दिउँसो र राति देशका सबैजसो ठाउँको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी पहाडका एक–दुई ठाउँमा सामान्य बादल लागे पनि धेरैबेर नरहने महाशाखाको बुलेटिनमा उल्लेख छ ।
अहिले बिहान काठमाण्डौ उपत्यका र तराईका केही ठाउँमा तुवाँलो र हुस्सु लागेको छ । दिउँसोदेखि तुवाँलो र हुस्सु हट्नेछ ।
यसैबीच, काठमाण्डौ उपत्यकामा हिजो बिहानको तुलनामा आज कम चिसो छ । हिजो न्यूनतम तापक्रम दुई डिग्री सेल्सियस मापन गरिएकोमा आज बिहान चार दशमलव पाँच डिग्री सेल्सियस पुगेको छ ।
आज काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसका बीच रहने महाशाखाको पूर्वानुमान छ ।