
सुनको मुल्य आज १ हजार २ सय रुपैयाँले घट्यो
काठमाण्डौ । आज सुनको मुल्य एकैदिन तोलामा १ हजार २ सय रुपैयाँले घटेको छ । सुन आज तोलामा १ हजार २ सय रुपैयाँले घटेर १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मुल्य तोलाको १ लाख ५४ हजार २ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मुल्य पनि तोलामा ६५ रुपैयाँले घटेको छ । आज चाँदीको मुल्य तोलामा १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो भने सुनचाँदीको मुल्यमा घटबढ भएको थिएन ।