एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना दिन स्वास्थ्य मन्त्रालयको अपिल
काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना प्राप्त भएमा खबर गर्न अपिल गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले यदि कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग गरिएका सूचना भएमा मन्त्रालयको विभिन्न सञ्जालमा पठाउन आग्रह गर्नुभएको हो ।
त्यस्ता सूचना प्राप्त भएमा मन्त्रालयको ह्वाट्सएप र भाइबर नम्बर ९८५१३३०५९२, मन्त्रालयको फेसबुक तथा एक्स९ट्विटर०, मन्त्रालयको इमेल वा सोझै मन्त्रालयमा वा हुलाकमार्फत मन्त्रालयमा आफ्नो गुनासो पठाउन सकिने उहाँले जानकारी दिनुभएको छ ।
स्वास्थ्य मन्त्रालयले हिजो विज्ञप्ति निकालेर देशका विभिन्न ठाउँमा एम्बुलेन्स सेवाको दुरुपयोग भएको गुनासो प्राप्त भइरहेको भन्दै यस्तो दुरुपयोग रोक्न निरन्तर अनुगमन गरिरहेको जनाएको छ ।
राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ अनुसार एम्बुलेन्स सेवाको दुरुपयोग भएको प्रमाणित भएमा सम्बन्धित एम्बुलेन्सलाई सचेत गराउनेदेखि निलम्बन र खारेजीसम्मको प्रक्रिया अगाडि बढाउने व्यवस्था रहेको छ ।