४ महिनामा भित्रियो ५ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाण्डौ । चालू आर्थिक वर्षको ४ महिनामा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको चार महिनाको तुलनामा रेमिट्यान्स ९ दशमलव १ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । यस्तै अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ ।

चालू आर्थिक वर्षको ४ महिनामा बैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख ४७ हजार ४ सय ७८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ९४ हजार १ सय ५ जना रहेको छ ।

गएको वर्षको यही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ३७ हजार चार सय ७५ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ६८ हजार ८ सय ४१ जना रहेको थियो ।

यसैबीच कात्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात् मूल्यवृद्धि ५ दशमलव ६० प्रतिशत रहेको छ । अघिल्लो वर्ष कात्तिकमा यस्तो मुद्रास्फीति ५ दशमलव ३८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९ दशमलव १० प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ६५ प्रतिशत रहेको छ ।

अघिल्लो वर्ष यही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५ दशमलव ९८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ४ दशमलव ९९ प्रतिशत रहेको थियो ।