स्वदेश फिर्ताको माग गर्दै भुटानी शरणार्थी
दमक। देशभर मानवअधिकार दिवस मनाइरहँदा पूर्वी नेपालमा रहेका भुटानी शरणार्थीहरुले आफुहरुको मानवअधिकारको विषयमा गम्भीर बन्न अन्तर्राष्ट्रिय सुमदायसँग गुहार मागिरहेका छन् । ३३ वर्षदेखि झापा र मोरङमा रहेका २ वटा शरणार्थी शिविरका शरणार्थीहरु स्वदेश फिर्तिको प्रतिक्षामा छन् ।
मानव अधिकारको सदस्य रहेको नेपाल, भुटान र भारतले चाहेमा स्वदेश फर्कन चाहाने शरणार्थीहरुलाई स्वदेश फिर्ता गराउन सक्ने भए पनि आफुहरुको विषयमा चासो नदिइएको शरणार्थीहरुको गुनासो छ । मानवअधिकारवादीहरुले पनि शरणार्थी समस्या समधान गर्नका लागि पहल गर्न सरकारसँग बारम्बार आग्रह गर्दै आएका छन् ।
भुटान पिपुल्स पार्टीका अध्यक्ष एवम् स्वदेश फिर्तिको माग उठाउदै आउनुभएका भुटानी शरणार्थी नेता बलराम पौडेलले स्वदेश फिर्ति, तेस्रो देश पूर्नवास र स्थानीयकरण गरेर तीन वटा विकल्प रोज्न पाउने बताइएपनि तेस्रो देश पूर्नवास बाहेका विकल्प खुला नहुँदा शरणार्थीहरुमाथि अन्याय भएको बताउनुभयो । अमेरिका, अस्ट्रेलिया, क्यानडा लगायतका मूलकमा ए लाख १० हजारभन्दा बढी शरणार्थीहरु पूर्नवास भए पनि आफ्नो देश फर्कन पाउने आशामा उनिहरु रहेको उहाँको भनाइ छ ।
बेलडाँगी बस्ती व्यवस्थापन समितिका सचिव सन्चहाङ सुब्बाका अनुसार शिविरमा ज्येष्ठ र फरक क्षमता रहेका नागरिकहरुको सङ्ख्या धेरै रहेको जनाउदै यसको व्यवस्थापनमा नेपाल सरकारले ठोस निर्णय गर्नुपर्ने बताउनुभयो । हाम्रो चाहाना भनेको नै स्वदेश फिर्ति हो र यसमा अन्तर्राष्ट्रिय समुदायले दबाब सिर्जना गर्नुपर्छ, उहाँको भनाइ छ ।
मानवअधिकारको विश्वव्यापी घोषणापत्रको पालना गर्न पनि शरणार्थीहरुको माग रहेको छ । घोषणापत्रको १३ नम्बर बुदामा प्रत्येक व्यक्तिलाई आफ्नो देशको सिमानाभित्र आवतजावत गर्ने तथा बसोवास गर्न पाउने स्वतन्त्रताको अधिकार र प्रयेक व्यक्तिलाई आफ्नो देश वा अन्य कुनैपनि देश छोड्न पाउने र आफ्नो देश फर्कन पाउने अधिकार हुनेछ, भन्ने उल्लेख छ ।
मानव अधिकारकर्मी प्राध्यापक जय श्रेष्ठले मानवअधिकारको विश्वव्यापी घोषणापत्रलाई पालना गर्न आग्रह गर्नुभयो । शरणार्थीहरुको अधिकार शुनिश्चित गर्नका लागि अन्तर्राष्ट्रिय समुदाय लाग्नु पर्नेमा उहाँको जोड छ । भुटानी शरणार्थी समस्या सामधानका लागि नेपाल सरकारले पहलकदमी लिनु पर्ने उहाँले बताउनुभयो ।
सन् २००७ देखि तेस्रो मुलुक पूर्नवासको बाटो खुला भएको थियो । हाल शिविरमा रहने शरणार्थीहरुको सङ्ख्या ठ्याक्कै भन्न नसकिएपनि साढे ६ हजार हाराहारीमा रहेको बताइदै आएको छ ।