सिमेन्टको मूल्य घट्ने

काठमाण्डौ । सिमेन्ट उद्योगी व्यवसायीहरू सिमेन्टको मूल्य घटाउन सहमत भएका छन् । हिजो निर्माण व्यवसायी महासङ्घ र सिमेन्ट उत्पादक सङ्घबीच उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको हो ।

निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले काठमाण्डौ उपत्यकामा ओपीसी सिमेन्ट ७ सय रुपैयाँमा उपलब्ध गराउने सिमेन्ट व्यवसायीहरूले प्रतिबद्धता गरेको बताउनु भयो ।

यस्तै काठमाण्डौ उपत्यकामा अब पीपीसी सिमेन्ट ६ सय रुपैयाँमा पलब्ध हुनेछ । आफूहरूले सिमेन्ट उद्योगीहरू धराशायी हुने गरेर बजार भाउ नघटाउन र निर्माण व्यवसायीलाई मार पर्ने गरी नबढाउन सुझाव दिएको सिंहको भनाइ छ । सिमेन्टको मूल्य बोराको ७ सय ८० रुपैयाँसम्म पुगेको थियो ।