नेपाल-एडीबीबीच यान्त्रिक सिँचाइ नवप्रवर्तन र जलवायु प्रतिरोधी परिदृश्य परियोजना सम्झौतापत्रमा हस्ताक्षर
काठमाण्डौ । नेपाल सरकार र एशियाली विकास बैंक ९एडीबी० बीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना र जलवायु अनुकूल परिदृश्य तथा जीवनयापनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
अर्थ मन्त्रालयमा नेपाल र एडीबीबीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजनाका लागि १५ करोड ७० लाख अमेरिकी डलर अर्थात् २१ अर्ब २३ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण र अनुदान सम्झौतामा हस्ताक्षर भएको हो ।
१ करोड ५० लाख अमेरिकी डलर अनुदान र ११ करोड अमेरिकी डलर ऋण रहेको अर्थ मन्त्रालयका सचिव डा। रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । परियोजनामार्फत किसानलाई आफ्नो खेतको आवश्यकताअनुसार पानीको पहुँच प्रदान गर्न अनुमति दिने प्रिपेड कार्ड प्रणालीसहित उन्नत सिँचाइ प्रविधिहरू प्राप्त हुने उहाँले बताउनुभयो । आयोजना मधेश प्रदेशका रौतहट र सर्लाहीलगायतका जिल्लामा लागू हुनेछ ।
त्यसैगरी समुदायमा आधारित जलवायु उत्थानशील कार्यक्रम कार्यान्वयनका लागि २ करोड २० लाख अमेरिकी डलरको अनुदान र एक करोड अमेरिकी डलरको ऋण सम्झौता भएको छ । यो रकम जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक जोखिममा रहेका कर्णाली र सुदूरपश्चिम प्रदेशका ग्रामीण समुदायहरूको जलवायु उत्थानशील जीविकोपार्जन क्षमता बढाउनमा केन्द्रित हुने मन्त्रालयले जनाएको छ ।