प्रधान सेनापति सिग्देल भारत प्रस्थान

काठमाण्डौ । प्रधान सेनापति अशोक राज सिग्देल भारत प्रस्थान गर्नुभएको छ । भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा उहाँ मंगलबार भारत प्रस्थान गर्नुभएको हो।

सैनिक श्रीमती संघकी अध्यक्ष तथा उनकी श्रीमती नीता क्षेत्री सिग्देल सम्मिलित ९ सदस्यीय भ्रमण दलका साथ भारत प्रस्थान गरेका प्रधान सेनापतिलाई बलाध्यक्ष रथी प्रदीप जंग के.सीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए।

औपचारिक भ्रमणमा सहभागी हुनु पूर्व प्रधान सेनापति सिग्देललाई मंगलबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच सम्मान गारत अर्पण गरिएको थियो । प्रधान सेनापतिमा नियुक्त भए पश्चात् उहाँले पहिलो पटक विदेश भ्रमण गर्न लागेका हुन् ।

भ्रमणका दौरान प्रधान सेनापति सिग्देललाई २७ गते भारतका राष्ट्रपतिले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ।

प्रधान सेनापतिसहितको भ्रमण दल मंसिर ३० गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।