म्यानमाको प्रमुख विद्रोही समूहले वार्ताका लागि चीनमा प्रतिनिधिमण्डल पठायो
बेइजिङले आफ्नो दक्षिणी सीमामा लडाइँ अन्त्य गर्न खोजिरहेको बेला म्यानमाको एउटा प्रमुख जातीय विद्रोही समूहले आफ्नो सरकारसँग वार्ताका लागि प्रतिनिधिमण्डल पठाएको समूहका प्रवक्ताले सोमबार बताएका छन् ।
काचिन इन्डिपेन्डेन्स आर्मी ९केआइए०को एक प्रतिनिधिमण्डल चीनको निमन्त्रणामा ‘चिनियाँ सरकारसँग वार्ताका लागि’ आइतबार प्रस्थान गरेको कर्नल नव बुले जानकारी दिनुभयो । उहाँले वार्ताका बारेमा वा त्यो कहाँ हुनेबारे कुनै विवरण दिनुभएन । चीन सन् २०२१ मा म्यानमामा सत्ता कब्जा गर्ने जुन्ताको सबैभन्दा महत्वपूर्ण सहयोगी हो तर यसको सिमानामा रहेको क्षेत्र ओगट्ने धेरै जातीय विद्रोही समूहहरुसँग पनि सम्बन्ध राख्छ ।
गत वर्ष ती समूहहरु मध्ये केही र उत्तरी म्यानमामा जुन्ताबीचको झडप बढेको देखिएको छ । यो बेइजिङको खर्बौं डलरको बेल्ट एन्ड रोड पहलको महत्वपूर्ण लिङ्क हो । नाव बुका अनुसार केआइएका लडाकूहरु सोमबार भामो सहरमा जुन्ता सैनिकहरूसँग लड्दै थिए ।
करिब सात हजार लडाकू बोलाउन सक्ने केआइएले काचिन राज्यमा स्वायत्तता र स्थानीय स्रोतको नियन्त्रणका लागि दशकौँदेखि सेनासँग लडिरहेको छ । उक्त राज्य विशाल जेड खानी र दुर्लभ भारी पृथ्वी तत्वहरुको घर हो र यसको अधिकांश चीनमा निर्यात हुन्छ ।
हालैका हप्ताहरुमा छिमेकी शान राज्यका अन्य दुई म्यानमा विद्रोही समूहले चीनको मध्यस्थतामा जुन्तासँग शान्ति वार्ताका लागि तयार रहेको बताएका छन् । चीनले यी कदमहरूको स्वागत गरेको छ । विश्लेषकहरुका अनुसार बेइजिङले जुन्ताविरुद्धको कारबाही रोक्न समूहहरूलाई दबाब दिएपछि शान्ति वार्ता हुन लागेको हो ।
म्यानमा लगभग एक दर्जन जातीय विद्रोही समूहहरूको घर हो । उनीहरु जेड, काठ र अफिमलगायत आकर्षक स्रोतहरुको स्वायत्तता र नियन्त्रणका लागि दशकौँदेखि सेनासँग लडिरहेका छन् । केआइए, म्यानमा नेसनल डेमोक्रेटिक एलायन्स आर्मी र ता’आङ नेसनल लिबरेसन आर्मी लगायत केहीले नयाँ ‘पिपुल्स डिफेन्स फोर्स’ लाई आश्रय र प्रशिक्षण दिएका छन् । उक्त फोर्स सन् २०२१ मा सत्ता कब्जा गरेपछि सेनासँग लड्नका लागि उठेका थिए । राससरएएफपी