दमास्कसस्थित इरानी दूतावासमा आक्रमण
दमास्कसस्थित इरानी दूतावासमा आक्रमण भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
इस्लामिक नेतृत्वको विद्रोहीले तेहरानको सहयोगी बसर अल असदको पतन भएको घोषणा गरेपछि सिरियास्थित इरानको दूतावासमा आज आक्रमण भएको इरानी सरकारी टेलिभिजनले जनाएको छ।
कुर्दिस नेतृत्वको विद्रोहीले आइतबार दमास्कसमाथि धावा बोलेको र राष्ट्रपति बशर अल असद भागेको दावी गरेको छ । उनीहरूले सिरियामा पाँच दशक लामो बाथ शासनको अन्त्य भएको घोषणा गरेका छन् ।
सिरियाको राजधानी दमास्कसमा विद्रोही समूहले राष्ट्रपति असदको बहिर्गमनको घोषणा गर्दै ‘हामी दमास्कस शहरलाई स्वतन्त्र घोषणा गरेका छौँ’ भन्दै सडकमा विजय उत्सव मनाएका देखिन्थे।
बेलायतस्थित सिरियाली युद्ध अनुगमनकारी संस्था ९सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स० का प्रमुख रामी अब्देल रहमानले बातउनुभयो। राष्ट्रपति असदले दमास्कस अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिरिया छोडिसक्नुभएको छ ।
रासस