अण्डाको मुल्य बढ्यो
काठमाण्डौ । अण्डाको मुल्य फेरि बढेको छ । आजदेखि लागू हुने गरी अण्डाको मुल्य बढेको हो । ठूलो अण्डाको फाम मुल्य प्रतिक्रेट अर्थात् ३० वटाको ४ सय ७० र मझौलाको ४ सय ५५ रुपैयाँ कायम गरिएको छ ।
नेपाल लेर्यस कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, विद्यालय तथा क्याम्पस सञ्चालनमा आएसँगै अण्डाको मुल्य बढेको बताउनुभयो । उहाँका अनुसार यसअघि अण्डाको मल्य ५ सय ५ रुपैयाँसम्म पुगेर क्रमशः घटेको थियो । मुल्य बढेपछि किसान भने उत्साहित बनेका छन् ।
पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेकाले पूर्ववत् अवस्थामा अण्डाको मुल्य बढेको बताउनुभयो । उहाँका अनुसार दैनिक २२ लाख गोटा हाराहारीमा अण्डा उत्पादन हुँदै आएको छ ।