लुम्बिनीले पोखरालाई दियो १ सय ७१ रनको लक्ष्य, रोहित पौडेलको उत्कृष्ट ब्याटिङ
काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई १ सय ७१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७० रन बनायो । लुम्बिनीका कप्तान रोहित पौडेलले ९५ रन बनाए । ५९ बल खेलेका रोहितले ४ छक्का र १० चौका प्रहार गरे । यस्तै टस मूर्सले ४५ रन बनाए । पोखराका विपिन खत्रीले २ विकेट लिए ।
लुम्बिनीले यसअघिको पहिलो खेल हारेको थियो । यस्तै पोखरा यसअघिका दुई वटै खेलमा पराजित छ ।