एनपीएल : कर्णालीले दियो काठमाण्डौलाई १५० रनको लक्ष्य

काठमाण्डौ । ओपनर शिखर धवनको उत्कृष्ट प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितक लागि काठमाण्डौ गुर्खाजलाई एक सय ५० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबारको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ५ विकेटको क्षतिमा १  सय ४९ रन बनायो ।

कर्णालीका लागि धवनले ७२ रनको अर्धसतकीय इनिङ्स खेल्नुभयो । उहाँले ५१ बलमा ४ चौका र ५  छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै चाडविक वाल्टनले २१, जीसन मक्सुदले १४, बाबर हायातले १३ र गुलशन झाले १२ रन बनाउनुभयो ।

बलिङमा काठमाण्डौका जेरार्ड इरास्मसले दुई विकेट लिनुभयो । करण केसी, नाथन साउटर र दीपेश कँडेलको एक एक विकेट झार्नुभयो ।