दक्षिण कोरियामा ‘मार्शल ल’ घोषणा, उत्तर कोरिया समर्थकबाट देश जोगाउन आपतकाल लागू गरिएको राष्ट्रपतिको दाबी
काठमाडौं । दक्षिण कोरियामा ‘मार्शल ल’को घोषणा भएको छ । राष्ट्रपति योन सुल यि ओलले मंगलबार राति यस्ताे घोषणा गर्दै देशलाई उत्तर कोरियाका समर्थकबाट जोगाउन यस्तो कदम चालेको बताए ।
राष्ट्रपति ओलले दल पिपोल पावर पार्टी र विपक्षी डेमोक्रेटिक पार्टीका थुप्रै बजेटका कुरा विवाद भएकै समयमा सैन्य कानून लागू भएको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ ।
उत्तर कोरियाली कम्युनिष्ट शक्ति र देशकै देश विरोधी शक्तिलाई ठेगान लाउन यस्तो कानुन लागू भएको राष्ट्रपतिले बताएका छन् । एक टेलिभिजन सन्देश दिएर उनको यो घोषणा आएको बीबीसीले बताएको छ ।