मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाण्डौ। बिबादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं थप ४ दिन हिरासतमा रहने भएका छन् । साइबर अपराधको कसूरमा पक्राउ परेका प्रसाईं थप ४ दिन हिरासतमा रहने भएका हुन ।

आज जिल्ला अदालत, काठमाण्डौले उहाँलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आज प्रहरीलाई अनुमति दिएको छ । अब उहाँ कम्तीमा पनि मङ्सिर २१ सम्म हिरासतमा नै रहने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै विवादास्पद दस्ताबेज सार्वजनिक गरे पछि नेपाल प्रहरीको सीआईबीले उहाँलाई गत मंसिर ४ गते पक्राउ गरेको थियो ।

साइबर अपराध अभियोगमा पक्राउ परेका उनको पक्राउ गैरकानुनी भएको भनेर यसअघि नै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट हालेपनि खारेज भएको थियो ।