एसियन प्यासिफिक सितोरियो करातेको अध्यक्षमा गुरुङ निर्वाचित

काठमाण्डौ । एसिएन प्यासिफिक सितोरियो कराते महासङ्घको अध्यक्षमा दावा गुरुङ निर्वाचित हुनुभएको छ ।

सिंगापुरमा भएको विशेष अधिवेशन ९ कङ्ग्रेस० मा सर्वाधिक १८ मत प्राप्त गर्दै गुरुङ अध्यक्षमा निर्वाचित हुनुभएको हो । कङ्ग्रेसमा सहभागी २८ राष्ट्रबाट खसेको २३ मतमध्ये गुरुङले १८ मत प्राप्त गर्नुभएको थियो । गुरुङ नेपाल सितोरियो कराते सङ्घको अध्यक्ष र नेपाल कराते महासङ्घका महासचिव हुनुहुन्छ ।

गुरुङका प्रत्याशी फिलिपिन्सका उम्मेदवारले ८ मत प्राप्त गरेका थिए । सिंगापुरमा १६ औँ एसियन प्यासिफिक कराते प्रतियोगिता सम्पन्न भएसँगै कङ्ग्रेसले १७औँ प्यासिफिक सितोरियो कराते प्रतियोगिता कहाँ र कुन मितिमा आयोजना गर्ने भन्ने बारेमा १  महिना भित्रमा निर्णय गरी सार्वजनिक गरिने कङ्ग्रेसमा सहभागी नेपाल सितोरियो करातेका संरक्षक युवराज लामाले जानकारी दिनुभयो ।

कङ्ग्रेसअघि भएको १६औँ एसिएन प्यासिफिक सितोरियो कराते प्रतियोगितामा नेपालले २ स्वर्ण, २ रजत र ५ कांस्य पदकसहित ९ पदक जितेको थियो ।