सिरियाको अलेप्पो शहर नियन्त्रणपछि विद्रोहीमाथि सेनाको आक्रमण शुरू

काठमाण्डौ । विपक्षीले सिरियाको अलेप्पो शहरको धेरैजसो भाग नियन्त्रण गरेपछि सिरियाली र रूसी विमानहरूले विद्रोहीमाथि आक्रमणलाई तीव्र पारेका छन् । देशको दोस्रो ठूलो शहर अलेप्पो नियन्त्रण गरेपछि सिरियाली र रूसी जेट विमानहरूले उत्तरी सिरियामा विपक्षी सेनाहरूमाथि आक्रमण बढाएका हुन् ।

विद्रोही गठबन्धनले अलेप्पोको पूर्वमा रहेको एउटा महत्त्वपूर्ण सैन्य आधार र अलेप्पो र इडलिब प्रान्तका ठूला क्षेत्रहरू पनि नियन्त्रणमा लिएका सीएनएनले जनाएको छ । यस क्षेत्रमा भएको आक्रमणमा विद्रोही समूह, सरकारी सेना र नागरिक गरी ३ सय १५ जनाको ज्यान गएको छ । सय जना घाइते भएका छन् । राष्ट्रपति बसर अल असदको आठ बर्षको कार्यकालमा अहिलेको अवस्था सबैभन्दा चुनौतीपूर्ण रहेको बेलायतमा रहेको खबरमा उल्लेख छ ।