आज अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस, नेपालमा पनि मनाइँदै

काठमाण्डौ । आज अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस । समसामयिक दासत्वका सबै रूपहरू पत्ता लगाउन, रिपोर्ट गर्न र उन्मूलन गर्न सबै एक हौँ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

विभिन्न क्षेत्रमा हुने गरेको शोषण अन्त्यका लागि सन्देश प्रवाह गर्न संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९४९ देखि हरेक वर्ष डिसेम्वर २ का दिन यो दिवस मनाउने गरिन्छ । यस दिन दासप्रथा उन्मूलन दिवसका रुपमा संयुक्त राष्ट्रसङ्घ र यसका सदस्य राष्ट्रलगायत संसारभर मनाउने चलन छ ।

नेपालमा चन्द्र शमसेर राणाले १९८३ सालमा दास प्रथा उन्मूलनको घोषणा गर्नुभएको थियो ।