एनओसीले सदस्यता दिनुपर्ने ६ सङ्घको माग

काठमाण्डौ । नेपाली खेलकुदमा सक्रिय ६ वटा खेल सङ्घले नेपाल ओलम्पिक कमिटी ९एनओसी० ले नियम अनुसार आफूहरूलाई सदस्यता नदिएर झुकाउने गरेको आरोप लगाएका छन् ।

नेपाल घोडचढी, स्केटिङ एन्ड स्केटकोर्डिङ, बेसबल तथा सफ्टबल, क्लाइबिङ स्पोर्टस, रग्बी र नेपाल आइस हक्की सङ्घका पदाधिकारीहरूले आइतबार पत्रकार सम्मेलन गरी सदस्यताको माग समेत गरेका छन् ।

पदाधिकारीले नेपालको कानुन अनुसार र राष्ट्रिय खेलकुद परिषद्को नियमानुसार आफ्नो नियमित गतिविधि गरेको, अद्यावधिक निर्वाचन र अन्तर्राष्ट्रिय महासङ्गबाट मान्यता पाएपनि एनओसीले सदस्यता नदिएको बताए ।

६ सङ्घका पदाधिकारीले एनओसी नेतृत्वले सदस्यता दिने भनेर वषौँदेखि झुकाउने काम गरेको भन्दै सदस्यता नदिए आन्दोलन गर्ने पनि विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।