मन्त्रीपरिषद बैठक आज बस्दै

काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ ।

भोली देखी सुरू हुन लागेको चीन भ्रमणको पुर्व सन्ध्यामा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाउनुभएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज साँझ ५ बजे बस्नेगरी बैठक बोलाएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्नेछ ।

बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र नेपालले तय गरेका एजेण्डाका बारेमा छलफल हुनेछ । चीनसँग हुन गइरहेको बिआरआइ सम्झौताका बारेमा पनि छलफल हुने बुझिएको छ ।