राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान जारी

काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सोधपुछ तथा बयान जारी रहेको छ । शुक्रबार देखी काठमाण्डौ प्रहरीको हिरासतमा रहेका लामिछानेलाइ बाँकी बयानका लागि आज सरकारी वकिलको कार्यालय लगिएको थियो, अहिले बयान जारी रहेको छ ।

बिहीबार साँझ पोखराबाट काठमाण्डौ  ल्याईएका लामिछानेको बयान नसकिएकाले कम्तीमा आइतबारसम्म काठमाडौँमा नै रहेका थिए । बयान सकिएमा सम्भवतः आजै उनलाई पोखरा फर्काइने छ । शुक्रबार बिहान देखि सुरू भएको बयान सो दिनको अपरान्ह ३:३० बजे सकिएको थियो । उनले त्यो दिन करिब साढे ६ घण्टा लामो बयान दिएका थिए ।

सहकारी ठगीको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका उनलाई ठमाडौं कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा लामिछानेलाई बयान लिन काठमाण्डौ ल्याइएको हो।

स्वर्णलक्ष्मी सहकारीबाट जिबी राई र रविले लाखौं रकम लिएको प्रमाण भेटिएको छ। बुझिलिनेको हस्ताक्षर नभएका र सहकारीको छाप नभएका दुई कागजात फेला परेका छन्। त्यसमा स्वर्णलक्ष्मी चार पांग्रे सवारी कर्जा भनी ४६ लाख ४८ हजार र ४६ लाख ९८ हजार रुपैयाँ ऋण लिएको उल्लेख छ। त्यसरी लिइएको रकम गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको आरोप उनीहरूलाई छ।

यसअघि उनका पार्टनर पूर्वडिआइजी छविलाल जोशीसँग बयान लिइएको थियो। स्वर्णलक्ष्मी सहकारी ठगीको पूरक जाहेरी अहिले जिल्ला प्रहरी परिसर काठमाण्डौमा छ। पहिले प्रारम्भिक जाहेरी प्रहरी वृत्त कालीमाटीमा थियो, अहिले पूरक जाहेरी आएपछि परिसर स्वयम् स्वर्णलक्ष्मी सहकारीको अनुसन्धानमा सक्रिय छ।

मुख्यतया स् अहिले जिबी, रवि, छविहरूविरूद्ध ५  वटा सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ। काठमाण्डौ , कास्की, पर्सा, रूपन्देही र चितवनका सहकारीको तीन अर्ब बराबरको रकम ठगीको ‘नाइके’ पृष्ठभूमिमा जिबी, रवि र छवि जोशी छन्।