सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजकमा ग्लोबल आईएमई बैंक
काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपिएल)को टोली सुदूरपश्चिम रोयल्सलाई ग्लोबल आईएमई बैंक लिमिटेडले मुख्य प्रायोजन गर्ने भएको छ । काठमाण्डौमा आज सुदूरपश्चिम रोयल्स र ग्लोबल आईएमई बैंकबीच सम्झौता भएको हो ।
बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सुदूरपश्चिम रोयल्सका तर्फबाट अध्यक्ष स्वतन्त्र प्रताप शाहले सम्झौतामा हस्ताक्षर गर्नुभयो । ग्लोबल आईएमई बैंकका डेपुटी सिइओ पोखरेलले सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । बैंकले खेलकुदलाई अझ उचाइमा पुर्याउन आफ्नो दायित्व बुझेर सम्झौता गरी मुख्य प्रायोजन गरेको उहाँले बताउनुभयो ।
नेपाल क्रिकेट सङ्घको आयोजनामा आठ वटा टोली रहेको प्रतियोगिता आजदेखि शुरु भएको छ ।