
धनुषामा नेकपा एसका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
काठमाण्डौ । नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य कृष्णकुमार झासहित धनुषाका २१ जना कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्नुभएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले शुक्रबार एमाले पार्टीको केन्द्रीय कार्यालय च्यासलमा उहाँहरूलाई खादा लगाई स्वागत गर्नुभयो।
एमालेमा प्रवेश गरिनुहुनेहरूमा जनकपुरधाम उपमहानगरपालिका वडा कमिटीका अध्यक्ष रामस्वरुप महतो, सदस्यहरू रामभजन साह, किशोरी साह, सोनफी साह, मञ्जो मुखिया, इन्दुदेवी मुखिया, चन्द्रावती देवीलगायत हुनुहुन्छ।
लामो समय कम्युनिष्ट आन्दोलनका साथै नेकपा एमालेमै क्रियाशील एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य झाले अब जीवनभर एमालेमा रहेर पार्टी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नेकपा एकीकृत समाजवादीको औचित्य नभएको र भविष्य सकिएको बताउनुभयो।