श्रीलङ्का पहिलो पारीमा ४२ रनमै अलआउट

काठमाण्डौ । दक्षिण अफ्रिकासँगको पहिलो टेस्ट क्रिकेटको पहिलो पारीमा श्रीलङ्का ४२ रनमै अलआउट भएको छ ।

दक्षिण अफ्रिकाको डरबनमा खेलको दोस्रो दिनको खाना समयपछि श्रीलङ्का ८३ बलमै ४२ रनमा समेटिएको हो । श्रीलङ्काका कमिन्दु मेन्डिसले सबैभन्दा धेरै १३ रन बनाए । श्रीलङ्काका ५ जना खेलाडी शून्य रनमै आउट भए । दक्षिण अफ्रिकाका मार्को यानसेनले ७ विकेट लिए । टेस्ट क्रिकेटमा श्रीलङ्काको यो सबैभन्दा कम रन हो ।

यसअघि टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले १ सय ९१ रन बनाएको थियो । दक्षिण अफ्रिकाका कप्तान तेम्बा बभुमाले ७० रन बनाए । दक्षिण अफ्रिकाका अशिथा फर्नान्डो र लाहिरु कुमाराले ३/३ विकेट लिए ।

घरेलु टोली दक्षिण अफ्रिका र श्रीलङ्काबीच दुई वटा खेलको टेस्ट शृङ्खला भइरहेको हो ।