सुनको मुल्य २ दिनमा १८ हजार ५ सय रुपैयाँले घट्यो
काठमाण्डौ । सुनको मुल्य हिजो र आज २ दिनमा तोलामा १८ हजार ५ सय रुपैयाँले घटेको छ । सुनको मुल्य आज पनि एकैदिन तोलामा २ हजार ६ सय रुपैयाँले घटेर तोलाको १ लाख ४८ हजार ७ सय रुपैयाँका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन एकैदिन १५ हजार ९ सय रुपैयाँले घटेर तोलाको १ लाख ५१ हजार ३ सय रुपैयाँमा झरेको थियो । केही दिनअघि निरन्तर बढे्को सुनको मुल्य हिजो भन्सार महसूल घटेसँगै घट्न थालेको छ ।
त्यस्तै आज चाँदीको मुल्य पनि २५ रुपैयाँले घटेको छ । चाँदीको मुल्य २५ रुपैयाँले घटेर तोलाको एक हजार आठ सय २० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
सरकारले भारतमा सुनको भन्सार महसूल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशङ्काबीच भन्सार महसूल घटाइएको छ । सरकारले सुनमा भन्सार दर २० प्रतिशतबाट १० प्रतिशत र चाँदीमा १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको छ ।