फोहोर व्यवस्थापनको विषयमा राजनीति नगरौँ : उपप्रधानमन्त्री सिंह
काठमाण्डौ। उपपधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाण्डौ उपत्यकको फोहोर व्यवस्थापनको विषयमा राजनीति गर्न नहुने बताउनुभएको छ ।
आइतबार सिंहदरबारमा फोहोरमैला व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा बोल्दै उपप्रधानमन्त्री सिंहले काठमाण्डौ उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्न अब ढिलाइ गर्न नहुने बताउनुभएको हो । उहाँले फोहोर व्यवस्थापनमा भइरहेको राजनीतिलाई अब टाढा राख्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले फोहोर व्यवस्थापनको विषयमा छलफल र बहस मात्र गर्ने प्रवृति गलत भएको पनि बताउनुभयो ।
फोहोर व्यवस्थापनको विषयमा हुने छलफल मात्र समाचारका शीर्षक बन्ने गरेको भन्दै छलफलपछि चालिएका कदमहरुबारे समेत समाचार बन्नुपर्नेमा उहाँको जोड थियो । सङ्घीयताको मर्मअनुसार तीन तहको सरकारले आ–आफ्नो कार्यक्षेत्रमा फोहोर व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ ।
काठमाण्डौ उपत्यकाको फोहोरमैलाको व्यवस्थापन गर्नका लागि धेरै समय गइसकेको मन्त्री सिंहले बाउनुभयो । स्थानीय तहको निर्वाचनपछि यसको आवाज अझ धेरै उठेको पायौं , छलफल मात्र गर्ने पत्रपत्रिकामा समाचार बन्ने काम मात्र भयो तर छलफलपछि के एक्शन भए भन्ने विषयका समाचारहरु बन्न आवश्यक भएको बातउनुभयो ।
उहाँले फोहोर व्यवस्थापन सबैको सरोकारको विषय बन्नुपर्ने उल्लेख गर्दै कुनै एउटा महानगरपालिकाको मात्रै दायित्व नभएको बताउनुभयो ।