एमाले जागरण सभामा भक्तपुरबाट १० हजार मानिस सहभागी हुने

काठमाण्डौ।नेकपा एमालेले भोलि काठमाण्डौमा आयोजना गर्न लागेको जागरण सभामा भक्तपुरबाट १० हजार बढीले सहभागिता जनाउने तयारी भएको छ।

नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले सोही अनुसारको तयारी पार्टी कमिटीले गरेको जानकारी दिनुभयो। जिल्ला कमिटी, सबै नगर कमिटी तथा जनसङ्गठनहरूको बैठक गरेका, पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक तथा आमनागरिकलाई कार्यक्रममा सहभागिताको लागि अनुरोध गरेका, भक्तपुरबाट कम्तीमा पनि १० हजार जनाको सहभागिता हुने उहाँले बातउनुभयो।

यति बेला समाजलाई भड्काउने, देशमा माथि सङ्कट पैदा गराउने खालका विभिन्न अराजक अभिव्यक्ति दिने कार्य भइरहेकाले पनि त्यस विषयमा नागरिकलाई सचेत गराउन जागरण सभा गर्न लागिएको देउजाले बताउनुभयो ।

अहिले देशी विदेशी अराजकतावादी र सामाजिक सद्भाव भड्काउने शक्तिको निशाना नेकपा एमाले र प्रधानमन्त्री केपी ओली भएको उहाँले बताउनुभयो । नेकपा एमाले, त्यसको नेतृत्व पार्टी सभापति केपी ओली र सरका माथि चौतर्फी आक्रमण भइरहेको ,भोलिको सभा मार्फत एमाको नेतृत्व माथि भइएको आक्रमणलाई चिर्न जतालाई सचेत गराउँने उहाँले बातउनुभयो ।

एमाले माथिको आक्रमण चिर्न जागरण सभा गर्ने कुरा केही अघिबाटै चलेको बताउँदै उहाँले भोलिको सभा स्थानीय तहको उपनिर्वाचनसँग समेत सम्बन्धित रहेको बताउनुभयो । यसले एमालेको पक्षमा थप जनमत निर्माणको लागि सहयोग गर्ने देउजाले बातउनुभयो ।