काठमाण्डौ महानगरद्धारा सडक र सडकपेटीमा जेट मेशिन लगाएर सफाइ गर्दै

काठमाण्डौ।काठमाण्डौ महानगरपालिकाले विभिन्न ठाउँका सडक र सडकपेटीमा जेट मेशिन लगाएर सफाइ गरिरहेको छ ।

महानगरले सिनामङ्गल चोकबाट एअरपोर्ट लाइन, शीतल निवासबाट पानीपोखरी लाइन, कुलेश्वरबाट कालीमाटी लाइन, तीनधारा पाठशालाबाट राष्ट्रिय सभा गृह भद्रकाली लाइन वरिपरिका सडक पेटीहरू जेट मेशिनद्वारा सरसफाइ गरेको हो ।

पछिल्लो समय सडक सफाइ र हरियाली प्रवर्द्धनमा सफलता मिलिरहेको काठमाण्डौ महानगरले जनाएको छ ।