अर्थतन्त्रका सूचकहरू सकारात्मक रहेपनि चुनौती कायमै : अर्थमन्त्री पौडेल

काठमाण्डौ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका सूचकहरू सकारात्मक रहे पनि चुनौतीहरू कायमै रहेको बताएका छन् ।

‘रणनीतिक विश्लेषण प्रतिवेदन २०२४’(स्ट्राटेजिक एनालिसिस रिपोर्ट २०२४) सार्वजनिक गर्न आइतबार अर्थ मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री पौडेलले बताउनुभएको हो ।

अर्थतन्त्रका सूचकहरू सकारात्मक रहेको बताउँदै उहाँले अहिले वैदेशिक मुद्राको सञ्चिती र रेमिट्यान्स आप्रवाह राम्रो रहेको बातउनुभयो । तर, सूचक सकारात्मक भएपनि चुनौतीहरू भने कायमै रहेकोमा अर्थमन्त्री पौडेलले चिन्ता व्यक्त गर्नभयो । अर्थतन्त्रका सूचकहरू राम्रा हुँदाहुँदै पनि हाम्रा सामुन्ने चुनौतीहरू छन् , बजारमा समग्र माग घटेको र उत्पादन, रोजगारी, आयात, निर्यात, राजस्व, पुँजीगत खर्च लगायत दबाबमा रहेको यो सबैमा ध्यान केन्द्रित हुन आवश्यक भएको उहाँले बातउनुभयो ।

बैंकहरुमा पर्याप्त तरलता रहेकाले उत्पादनका क्षेत्रमा लगानी बढाउनु पर्ने उहाँको भनाई छ । अर्थमन्त्री पौडेललेको अनुसार बैंकमा पर्याप्त तरलता रहेको र ब्याजदरको सहजता प्रदान गरिएको तर सस्तो ब्याजदरलाई उत्पादनका क्षेत्रमा कसरी सदुपयोग गर्ने भन्नेबारे राष्ट्र बैंकको ध्यान केन्द्रित हुनुपर्ने

मौद्रिक नीतिको समिक्षा मार्फत सुधारका कामहरू गर्न नेपाल राष्ट्र बैंकलाई अर्थमन्त्री पौडेलले निर्देशन समेत दिनुभयो।