कोप-२९ मा नेपालद्धारा जलवायु वित्तमा सहयोग बढाउनमा जोड

काठमाण्डौ।जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धी पक्ष राष्ट्रहरुको २९औं सम्मेलन ९कोप( २९० मा नेपालले जलवायु वित्तमा सहयोग बढाउन जोड दिएको छ ।

नोभेम्बर ११ देखि अजरबैजानको बाकुमा सुरु भएको सम्मेलनमा नेपालले विकासशील र अति कम विकसित राष्ट्रहरुको तर्फबाट जलवायुजन्य असरका मुद्दाहरु सशक्त रुपमा उठाएको हो ।

जलवायुजन्य कार्यका लागि जलवायु वित्तको रकम बढाउनुपर्ने मुद्दामा पनि नेपालले प्राथमिकता दिएको कोप( २९ मा नेपालका प्रतिनिधि मण्डलका सदस्य नरेश शर्माले बताउनुभयो । सम्मेलनका विषयगत वार्ताहरुमा अति कम विकसित र विकासशील देशहरुको तर्फबाट नेपालले सामुहिक रुपमा आफ्ना मुद्दाहरु राखिरहेको पनि उहाँले बताउनुभयो ।

कोप( २९ मा नेपालबाट धेरै प्रतिनिधि समावेश गरेको अफवाह सञ्चारमाध्यममा फैलिएको भन्दै शर्माले बहस पैरवीका लागि आवश्यक जनशक्ति अझै अपुग रहेको दाबी गर्नुभयो ।  अजरबैजानमा सहभागी सरकारी प्रतिनिधिहरुले पनि नेपालको जनशक्ति कम हुँदा नेपालले राख्नुपर्ने एजेण्डाहरु चाहेअनुसार सबै फोरमहरुमा राख्न नसकिरहेको गुनासो गरिरहेका छन् । नोभम्बर ११ बाट सुरु भएको सम्मेलन २२ सम्म सञ्चालन हुनेछ ।