महामन्त्री थापाद्वारा बिपी अध्ययन केन्द्रको उद्घाटन

काठमाण्डौ।नेपाली काँगे्रस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको नवनिर्मित भवन ‘बिपी अध्ययन् केन्द्र’ को नेपाली काँगे्रसका महामन्त्री गगनकुमार थापाले उद्घाटन गर्नुभएको छ ।

बर्तमान गठबन्धनको सरकारको औचित्य संसदबाट गर्नुपर्ने महामन्त्री थापाले धारणा ब्यक्त गर्नुभयो । नेपाली काँगे्रस र एमालेको सरकारले ४० वटा कानुन बनाउनु पर्ने अभिभारा रहेको पनि उहाँले बताउनुभयो । मुलुकमा बिकास गर्न धमाधम कानुन बनाउने, संसदमा ल्याउने र दिनरात नभनी काम गरेर टुंग्याए मात्र सरकार सफल हुने उहाँको जिकिर छ । काँगे्रस नेता, कार्यकर्ताले ब्यक्तिगत रकम सहयोग गरेर सो भवन निर्माण गरिएको सभापति जंगबहादुर लामाले जानकारी दिनुभयो ।

नेपाली काँगे्रसका पूर्व जिल्ला सभापति रोहिणीराज सिग्देल, पूर्व जिल्ला सभापति भूपेन्द्रबहादुर थापाबाट प्राप्त जग्गामा पूर्व सभापति स्वः बिकास लामाको कार्यालयमा पूर्व महामन्त्री प्रकाशमान सिहंले २०७४ भदौ २५ गते उक्त भवन निर्माणका लागि शिलान्यास गर्नुभएको थियो ।

महामन्त्रीको बाहुलीबाट महामानव बिपी कोइराला, स्वः सभापतिद्वय सिग्देल र लामाको शालिक अनावरण गरिएको थियो ।

सभापति लामाका अनुसार उक्त भवन निर्माणका लागि इन्द्रावती गाउँपालिका-३ हाल चौतारा निवासी भूपेन्द्र थापाले १५ लाख ४९ हजार १५५ रुपियाँ, इन्द्रावती गाउँपालिका-९ महासमिति सदस्य राजु गोर्खालीले १० लाख, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले ५ लाख ६८ हजार ७ सय सहयोग गर्नुभएको छ ।

त्यस्तै, सुनकोशी गाउँपालिका -६ का रामशरण भण्डारीले ५ लाख, इन्द्रावती गापा-७ का केशव श्रेष्ठले ४ लाख ८० हजार, इन्द्रावती गापा–५ का दिनेश खरेलले ३ लाख १३ हजार ३३३, उपसभापति तथा भोटेकोशी गाउँपालिका-१ का दार्जे लामाले ३ लाख ११ हजार १११ रुपैाँया, इन्द्रावती गापाका पूर्व अध्यक्ष बंशलाल तामाङले ३ लाख ८ हजार ८ सय रुपैाँया, चौतारा साँगचोकगढी नगरपालिका-७ का रुपक धितालले २ लाख ५१ हजार १०५ रुपियाँ सहयोग गरेका हुन् । भवन निर्माणका लागि अन्य दाताहरुले समेत सहयोग गर्नुभएको छ ।