आजको मौसम : कोशी र गण्डकी प्रदेशका केही ठाउँमा आज हल्का वर्षाको सम्भावना

काठमाण्डौ – आज कोशी र गण्डकी प्रदेशका पहाडी भेगको एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर पश्चिमी वायु तथा पहाडी क्षेत्रमा स्थानीय वायुको सामान्य प्रभाव छ ।

आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।

त्यस्तै तराईका क्षेत्रमा बिहानीपख र रातमा बाक्लो हुस्सु र कुहिरोको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।